२०८३, २२ आश्विन शुक्रबार

सदन अवरुद्ध सत्ता पक्षबाटै भएको हो : सांसद पाण्डे

सदन अवरुद्ध सत्ता पक्षबाटै भएको हो : सांसद पाण्डे



काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र पाण्डेले सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको आरोप लगाएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छानबिन समिति नबनेको कारण संसद अवरुद्ध भएको भन्दै यसमा सत्ता पक्षको नै दोष रहेको बताएका छन् ।
उनले भने, ‘सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको हाम्रो आरोप रहेको छ । छानविन समिति नबनेको कारण संसद अवरुद्ध भएको हो । समयमा ध्यान नदिएर प्रतिपक्षतिर फर्किएर गाली गर्ने प्रचलन छ त्यसलाई हटाउँनु पर्छ । संसद जनताका आवाज उठाउँे भन्ने नै हो हाम्रो मान्यता हो तर कुनै पनि सांसदले जनताको होईन संसद अवरोध हुन नहुने कुरा मात्रै आयो । हाम्रो अडान कायम छ, त्यो पूरा नभएसम्म सदन अवरुद्ध हुन्छ ।’
यस्तै उनले नेपाल भ्रमणमा आएका वागेश्वर बाबाको विषय उठाउँदै भारतमा विवादमा रहेको गुरुलाई नेपालमा के आधारमा बोलाइएको भन्दै प्रश्न उठाएका छन् ।
उनले भने, ‘भारतका विवादमा परेको धर्म गुरु बनेर नेपालमा आएका छन् र उनको क्रियाकलाप सुरु भएको छ । र नेपालको राष्ट्रियतामाथि आक्रमण गर्दै बोलीरहेको छ । धर्मका नाममा जनतालाई ठग्ने गुरु नेपालमा सेटिङ्मा नाटकीय ढङ्गमा जनतालाई मूर्ख बनाई रहेको छ । उनलाई नेपालको पशुपतिमा के आधारमा स्वागत गरियो, यस्तो मानिसलाइै देश निकाला गर्नुपर्नेलाई देशका गृह तथा परराष्ट्रमन्त्री समेत भेट्न गएको छ ।’
उनले बाढि, पहिरो, लम्पी र डेगुँ जस्ता विषयमा आवाज उठाउँदै यसमा सरकारको ध्यान जानु पर्ने बताए ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार  १० : ३४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य