२०८२, १ पुस मंगलबार

सदन अवरुद्ध सत्ता पक्षबाटै भएको हो : सांसद पाण्डे

सदन अवरुद्ध सत्ता पक्षबाटै भएको हो : सांसद पाण्डे



काठमाडौं । नेकपा एमालेका सांसद देवेन्द्र पाण्डेले सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको आरोप लगाएका छन् ।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छानबिन समिति नबनेको कारण संसद अवरुद्ध भएको भन्दै यसमा सत्ता पक्षको नै दोष रहेको बताएका छन् ।
उनले भने, ‘सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको हाम्रो आरोप रहेको छ । छानविन समिति नबनेको कारण संसद अवरुद्ध भएको हो । समयमा ध्यान नदिएर प्रतिपक्षतिर फर्किएर गाली गर्ने प्रचलन छ त्यसलाई हटाउँनु पर्छ । संसद जनताका आवाज उठाउँे भन्ने नै हो हाम्रो मान्यता हो तर कुनै पनि सांसदले जनताको होईन संसद अवरोध हुन नहुने कुरा मात्रै आयो । हाम्रो अडान कायम छ, त्यो पूरा नभएसम्म सदन अवरुद्ध हुन्छ ।’
यस्तै उनले नेपाल भ्रमणमा आएका वागेश्वर बाबाको विषय उठाउँदै भारतमा विवादमा रहेको गुरुलाई नेपालमा के आधारमा बोलाइएको भन्दै प्रश्न उठाएका छन् ।
उनले भने, ‘भारतका विवादमा परेको धर्म गुरु बनेर नेपालमा आएका छन् र उनको क्रियाकलाप सुरु भएको छ । र नेपालको राष्ट्रियतामाथि आक्रमण गर्दै बोलीरहेको छ । धर्मका नाममा जनतालाई ठग्ने गुरु नेपालमा सेटिङ्मा नाटकीय ढङ्गमा जनतालाई मूर्ख बनाई रहेको छ । उनलाई नेपालको पशुपतिमा के आधारमा स्वागत गरियो, यस्तो मानिसलाइै देश निकाला गर्नुपर्नेलाई देशका गृह तथा परराष्ट्रमन्त्री समेत भेट्न गएको छ ।’
उनले बाढि, पहिरो, लम्पी र डेगुँ जस्ता विषयमा आवाज उठाउँदै यसमा सरकारको ध्यान जानु पर्ने बताए ।

प्रकाशित मिति : २०८०, ५ भाद्र मंगलबार  १० : ३४ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई