२०८३, १४ कार्तिक शनिबार

कोशीका मुख्यमन्त्रीले आज विश्वास मत लिंदै

कोशीका मुख्यमन्त्रीले आज विश्वास मत लिंदै



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ ।

संबैधानिक व्यवस्था अनुसार उनले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर गठबन्धनले साउन १६ गते मुख्यमन्त्री दाबी गरेको थियो । गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विपक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ६ सांसद छन् ।

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले विपक्षीलाई पत्र पठाएका छन् । र, ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन पाउनेमा मुख्यमन्त्री थापा आशावादी देखिएका छन् ।

प्रकाशित मिति : २०८०, ४ भाद्र सोमबार  ९ : १० बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक