२०८३, १५ असार मंगलबार

कोशीका मुख्यमन्त्रीले आज विश्वास मत लिंदै

कोशीका मुख्यमन्त्रीले आज विश्वास मत लिंदै



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ ।

संबैधानिक व्यवस्था अनुसार उनले भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । विश्वासको मत लिन थापाले शुक्रबार कोशी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । सभामुख बाबुराम गौतमलाई राजिनामा गराएर गठबन्धनले साउन १६ गते मुख्यमन्त्री दाबी गरेको थियो । गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विपक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ६ सांसद छन् ।

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले विपक्षीलाई पत्र पठाएका छन् । र, ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन पाउनेमा मुख्यमन्त्री थापा आशावादी देखिएका छन् ।

प्रकाशित मिति : २०८०, ४ भाद्र सोमबार  ९ : १० बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण