२०८२, १० माघ शनिबार

संसद अवरोध हटाउन राष्ट्रपतिले बोलाए मंगलबार सर्वदलीय बैठक

संसद अवरोध हटाउन राष्ट्रपतिले बोलाए मंगलबार सर्वदलीय बैठक



काठमाडौँ ४ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् ।

संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८ ः ३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाउनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने । राष्ट्रपति पौडेलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि आइतबार साँझ कुरा गरेका थिए । त्यसअघि राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८०, ४ भाद्र सोमबार  ९ : ०४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई