२०८३, १४ कार्तिक शनिबार

मंगलबारबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास

मंगलबारबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास


काठमाडौं ३ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् ।
संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँगको छलफल पश्चात उनले भोलीसम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र पर्सिदेखि संसद खुल्ने बताए ।


उनले भने, ‘आजको बैठक संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रीय थियो । आज निष्कर्ष नआए पनि छलफल सकारात्मक भएको छ । आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउँन सक्नु भएन, आजको छलफलका बारेमा अरुले पनि सल्लाह गर्ने भयो हामीलाई विश्वास छ भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला की भन्ने आशा गरेको छु ।


यस्तै उनले सुन प्रकरणको विषयको टुङ्गो सिआईवीले नै लगाउँने भन्दै यसमा कुनै दुईमत नभएको पनि बताए । उनले भने, ‘सुन प्रकरणको सन्दर्भमा सिआइवीले अनुसन्धान गरिरहेको छ, सिआइवीले नै यसलाई टुङ्गोमा पु¥याउँछ । अब समग्रतामा यस्तो कार्य फेरि नहोस भन्नको लागि विमानस्थलमा वा अरु भन्सार कार्यालयहरुलाई छलफल गरेर निष्कर्षमा पु¥याउँने कुरा छ ।’

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  १० : १२ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक