२०८३, २३ जेष्ठ आईतबार

मंगलबारबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास

मंगलबारबाट संसद खुल्ने गृहमन्त्री श्रेष्ठको विश्वास


काठमाडौं ३ भदौ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पर्सिदेखि संसद बैठक खुल्ने विश्वास व्यक्त गरेका छन् ।
संसद अवरोधबारे सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँगको छलफल पश्चात उनले भोलीसम्ममा सकारात्मक निष्कर्षमा पुग्ने र पर्सिदेखि संसद खुल्ने बताए ।


उनले भने, ‘आजको बैठक संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा केन्द्रीय थियो । आज निष्कर्ष नआए पनि छलफल सकारात्मक भएको छ । आज स्वास्थ्य प्रतिकूलताका कारण प्रमुख प्रतिपक्ष दलको अध्यक्ष आउँन सक्नु भएन, आजको छलफलका बारेमा अरुले पनि सल्लाह गर्ने भयो हामीलाई विश्वास छ भोलिसम्ममा यो निष्कर्ष सकारात्मक निस्किएर पर्सिदेखि सदन खुल्ला की भन्ने आशा गरेको छु ।


यस्तै उनले सुन प्रकरणको विषयको टुङ्गो सिआईवीले नै लगाउँने भन्दै यसमा कुनै दुईमत नभएको पनि बताए । उनले भने, ‘सुन प्रकरणको सन्दर्भमा सिआइवीले अनुसन्धान गरिरहेको छ, सिआइवीले नै यसलाई टुङ्गोमा पु¥याउँछ । अब समग्रतामा यस्तो कार्य फेरि नहोस भन्नको लागि विमानस्थलमा वा अरु भन्सार कार्यालयहरुलाई छलफल गरेर निष्कर्षमा पु¥याउँने कुरा छ ।’

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  १० : १२ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति