२०८२, २७ चैत्र शनिबार

राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लग्यो : सभापति पोखरेल

राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लग्यो : सभापति पोखरेल



काठमाडौं ३ भदौ : नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले राज्यले सूचना आयोगको आकार र बजेट सबै खुम्च्याउँदै लगेको बताएका छन् ।


राष्ट्रिय सूचना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति पोखरेलले सूचना आयोगलाई संवैधानिक हैसियत प्रदान गर्नुभन्दा त्यसलाई खुम्चाउँने काम गरेको भन्दै सूचना आयोग बलियो बनाउँने सन्दर्भमा काम गर्न ध्यानाकर्षण गराए उनले भने, लोकतन्त्रको लाभ जनताले प्रयोग गर्ने सन्दर्भमा सूचनाको हकको अभ्यास एउटा महत्वपूर्ण पक्ष हो । सूचना आयोगलाई संवैधानिक हैसियत प्रदान गर्नुपर्छ भनेर भन्छौ, तर यसको आकार, बजेट सबै खुम्चाउँदै गएको अवस्था छ । राज्यको सूचना आयोगलाई हेर्ने दृष्टिकोणमा नै भिन्नता देखिएको छ । सूचना आयोग बलियो बनाउँने सन्दर्भमा काम गर्न जरुरी भएको भन्दै ध्यानाकर्षण गराउँन चाहन्छु ।


सभापति पोखरेलले सूचनाको हकको जति बढी प्रयोग हुन्छ, राज्य त्यति नै पारदर्शी र जनउत्तरदायी हुने भन्दै यसबाट नागरिक र राज्यबीचको सम्बन्ध पनि सुमधुर हुने विश्वास लिएको बताए । उनले सूचनाको हकको अभ्यासको सन्दर्भमा राज्यका संरचनाहरुमा प्रतिवद्धताको खाँचो भएको बताए । राज्यका सबै संस्थाहरुले सूचनाको हकको कुरामा गम्भीर भएर प्रविद्धता व्यक्त गर्न पनि उनको आग्रह थियो ।


सभापति पोखरेलले भने, सूचनाको हकको सन्दर्भमा राज्य पक्षसँग जति बलियो प्रतिवद्धता हुनुपर्ने थियो त्यति अझै पनि हामीले पाउँन सकेका छैनौ । सूचनाको हकको अभ्यास गर्नुपर्ने सन्दर्भमा राज्यका संरचनाहरुमा अझ बढी प्रतिवद्धताको खाँचो छ । सूचना अझै दिनु र भन्ने खालको वातावरण भएको कारण यसलाई प्रचलनमा ल्याउँनको लागि समस्या भएको छ ।

राज्यका सबै संस्थाहरुले सूचनाको हकको कुरालाई गम्भीर भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ भनेर आग्रह गर्न चाहन्छु ।
उनले सूचनाको हकको प्रयोग गरेर तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्ने सबैलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  १० : २४ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण