२०८३, २२ आश्विन शुक्रबार

एमाले सचेतक बर्तौला भन्छन् : सत्तापक्ष संसद सुचारु गर्न तयार नै छैन

एमाले सचेतक बर्तौला भन्छन् : सत्तापक्ष संसद सुचारु गर्न तयार नै छैन


काठमाडौं ३ भदौ : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष एमालेले सदनमा उठाएका विषयलाई एकपछि अर्को गर्दै पुष्टि गर्ने काम मात्र गरेको आरोप लगाउँदै बर्तौलाले अहिलेकै अवस्थामा आइतबार पनि संसद बैठक सुचारु हुननसक्ने संकेत गरेका हुन् ।


सरकारले शुक्रबार नक्कली भूटानी शरणार्थी र सुन प्रकरणमा अनुसन्धान गरिरहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवाले सुन तस्करीमा एमालेको उच्चस्तरीय समिति बनाउनुपर्ने मागलाई पुष्टि गरेको दाबी गरे । प्रहरी अनुसन्धान आफु प्रतिकुल हुन लागेपछि सरकारले अनुसन्धानमा रहेका प्रहरीलाई नै सरुवा गरेको उनको आरोप छ ।
‘सरकारले हाम्रो मागलाई सम्बोधन गर्न कुनै पहल गरेको छैन् । सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको आवश्यकता र हाम्रो मागको औचित्यलाई सरकारले आफूप्र्रतिकूल हुने देखेपछि गरेको प्रहरी अधिकारीको सरुवाले पुष्टि गर्छ,’ उनले भने,‘यसले सरकारले आफुअनुकूल गर्न जे गर्दा पनि हुन्छ भन्ने रवैया र गम्भीर संकेत देखाएको छ ।’


प्रधानमन्त्री पुष्पकमल दाहालले आज(आइतबार)बाट संसद चल्छ भनेर शनिबार बताएका थिए ।तर, एमाले सचेतक बर्तौलाले भने संसद खोल्न प्रधानमन्त्रीबाट कुनै पहल नभएको दाबी गरे ।‘उहाँ(प्रधानमन्त्री)ले संसद चल्छ भन्नुभयो,तर अहिले सम्म कुनै छलफलको वातावरण बनाउने प्रयास भएको छैन्,’ उनले भने,‘प्रमज्यु संसदमै आएर हाम्रो मागलाई सम्बोधन गर्ने मनस्थितिमा हुनुहुन्छ भने त हामी साथ दिन तयारै छौं, तर अहिलेसम्म कुनै छलफलको वातावरण नबनेकोले हामी आफ्नो मागमै कायम छौं ।’

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ९ : २७ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य