२०८३, ११ बैशाख शनिबार

निजामती कर्मचारीको चेतावनी,माग सम्बोधन नभए कडा आन्दोलनको विकल्प छैन

निजामती कर्मचारीको चेतावनी,माग सम्बोधन नभए कडा आन्दोलनको विकल्प छैन



काठमाडौं ३ भदौ । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले, सरकारले आफ्ना माग पुरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदैगर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा ढङ्गले प्रस्तुत हुने चेतावनी दिएको हो ।
कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले यदि सरकारले संघीय निजामती ऐन पास गरेन र गरिहाले पनि आफूहरुले उठाएका मुद्धालाई सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
उनले भने, ‘लोकसेवाबाट जुन सहमति भएर त्यो ऐन फर्केर आएपछि हाम्रो केही कुरा सम्बोधन भएर आएन भने अरु ट्रेड यूनियनले आन्दोलन गर्छन् गर्देनन् थाहा छैन् । नेपाल निजामति कर्मचारीले कडा आन्दालनको घोषणा गर्छ । ’
उनले सरकारसँग भएको छलफलमा आफ्ना मागहरू सम्बोधन भएको जानकारी पाएको र उच्च अहोदाका कर्मचारीले भने आफ्ना मागहरूको बारेमा केही अपठ्यारो गरिरहेको दाबी गरे ।
राष्ट्रिय भेला तथा विधान अधिवेशन–२०८० भव्यताका साथ सफल भएको बताएका उनले राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० सम्पूर्ण जिल्ला विभागीय अध्यक्षहरू, महाधिवेशन प्रतिनिधिहरू र आधिकारिक ट्रेड युनियनका अध्यक्षहरूले व्यक्त गरेको विचार र सुझावका आधारमा यस अगाडि युनियनले गरेका निर्णय र कार्यक्रमप्रति समर्थन गर्दै ‘काठमाडौँ घोषणापत्र–२०८०’ जारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ८ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले