२०८३, ६ कार्तिक शुक्रबार

सरकारको घोषणा : विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

सरकारको घोषणा : विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता


काठमाडौँ १५ जेठ :  सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ ।
यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । यसका साथै अब मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिएका छन् ।

सबै प्रादेशिक अस्पतालमा डाइसेसिस उपचारका लागि डाइलेसिस मेसिन दरिद गर्न २० करोड विनियोजन गरिएको छ भने ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइने पनि मन्त्री शर्माले जानकारी दिएका छन् । मेडिकल कलेजहरूले कम्तिमा बर्षमा २ पटक दुर्गम भेगमा निशुल्क स्वास्थ्य शिविर चलाउनुपर्ने नियम लागू गरिने छ भने स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सामुदायिक र सहकारी अस्पतालमा उपचार गर्न पाउने ब्यवस्था बनाउने भएका छन् ।

सुदुरपश्चिम प्रदेशको अत्तरीया र कणरली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । रकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका मलागि दश अर्ब रकम छुट्ट्याएको पनि जनाएको छ ।

४० बर्ष माथिका नागरिकका लागि नजिकको अस्पतालमा नसर्ने रोगको एकपटक स्क्रिनिङ गर्न पाउने ब्यवस्था गरिने तथा शारिरीक तथा मानसिक पुनर्सथापनाकाागि हरेक प्रदेशमा एक पुनस्र्थापना केन्द्र स्थापना गर्ने मन्त्री शर्माले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६९ अर्ब ३८ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  ६ : २५ बजे

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको