२०८२, २७ चैत्र शनिबार

सरकारी कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ : सांसद नविना लामा

सरकारी कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ : सांसद नविना लामा


काठमाडौँ १५ जेठ :  नेकपा एमालेकी सांसद नविना लामाले सरकारी कर्मचारीको पोसाक र सरकारी कार्यालयका फर्निचर नेपाली सामग्री प्रयोग गर्नुपर्ने बताउनु भयो ।

सांसद लामाले सरकारको नीति कार्यक्रम तथा बजेटमा समेत सरकारी कर्मचारीको पोसाक र सरकारी कार्यालयका फर्निचर नेपाली सामग्री नेपालकै प्रयोग गर्नुपर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद लामाले जनताका समस्या समाधान गर्न र मुलुकका वर्तमान समस्याबाट पार पाउन ठोस योजना ल्याउनुपर्ने सांसद लामाको भनाई छ । नेपाल सरकारले तय गरेको नेपाली उत्पादन र उपभोगको दशक नारा जस्तै ठोस कार्यक्रम चाहिन्छ ।

सरकारी कार्यालयमा प्रयोग हुने फर्निचर नेपाली हुनुपर्छ, कर्मचारीले लगाएको पोसाक नेपाली कपडाबाट बनेको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ सांसद लामाले प्रश्न केही न केही जोखिम नमोलिकन परिवर्तन हुन सम्भव छैन । हाम्रो जंगलमा काठ कुहिएर गएको छ, फर्निचर मलेसिया र चीनबाट मगाउनुपर्ने अवस्था छ । यस्तो अवस्था तोड्न सक्नुपर्छ । सांसद लामाले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख गरिएको तर मुख्य कुरा अहिलेको आर्थिक संकटलाई कसरी तोड्ने भन्ने उल्लेख नभएको बताउनु भयो । लामाले वर्तमान अवस्था र नीति तथा कार्यक्रम हेर्दा पत्याउन गाह्रो भएको बताइन् ।

यसैगरी लामाले सरकारले नीति तथा कार्यक्रममा बेरोजगारी कसरी अन्त्य गर्ने भन्ने मार्गचित्र प्रस्तुत नगरेको बताउनु भयो । नीति तथा कार्यक्रममा किशोरी र महिलामाथि हुने यौन हिंसाबारे केही पनि उल्लेख नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । पुँजी बजारबारे पनि नीति तथा कार्यक्रममा ठोस योजना उल्लेख नभएको उनको भनाइ थियो ।

 

 

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  १० : १९ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण