२०८२, २४ कार्तिक सोमबार

सरकारी कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ : सांसद नविना लामा

सरकारी कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ : सांसद नविना लामा


काठमाडौँ १५ जेठ :  नेकपा एमालेकी सांसद नविना लामाले सरकारी कर्मचारीको पोसाक र सरकारी कार्यालयका फर्निचर नेपाली सामग्री प्रयोग गर्नुपर्ने बताउनु भयो ।

सांसद लामाले सरकारको नीति कार्यक्रम तथा बजेटमा समेत सरकारी कर्मचारीको पोसाक र सरकारी कार्यालयका फर्निचर नेपाली सामग्री नेपालकै प्रयोग गर्नुपर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद लामाले जनताका समस्या समाधान गर्न र मुलुकका वर्तमान समस्याबाट पार पाउन ठोस योजना ल्याउनुपर्ने सांसद लामाको भनाई छ । नेपाल सरकारले तय गरेको नेपाली उत्पादन र उपभोगको दशक नारा जस्तै ठोस कार्यक्रम चाहिन्छ ।

सरकारी कार्यालयमा प्रयोग हुने फर्निचर नेपाली हुनुपर्छ, कर्मचारीले लगाएको पोसाक नेपाली कपडाबाट बनेको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ सांसद लामाले प्रश्न केही न केही जोखिम नमोलिकन परिवर्तन हुन सम्भव छैन । हाम्रो जंगलमा काठ कुहिएर गएको छ, फर्निचर मलेसिया र चीनबाट मगाउनुपर्ने अवस्था छ । यस्तो अवस्था तोड्न सक्नुपर्छ । सांसद लामाले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख गरिएको तर मुख्य कुरा अहिलेको आर्थिक संकटलाई कसरी तोड्ने भन्ने उल्लेख नभएको बताउनु भयो । लामाले वर्तमान अवस्था र नीति तथा कार्यक्रम हेर्दा पत्याउन गाह्रो भएको बताइन् ।

यसैगरी लामाले सरकारले नीति तथा कार्यक्रममा बेरोजगारी कसरी अन्त्य गर्ने भन्ने मार्गचित्र प्रस्तुत नगरेको बताउनु भयो । नीति तथा कार्यक्रममा किशोरी र महिलामाथि हुने यौन हिंसाबारे केही पनि उल्लेख नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । पुँजी बजारबारे पनि नीति तथा कार्यक्रममा ठोस योजना उल्लेख नभएको उनको भनाइ थियो ।

 

 

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  १० : १९ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य