काजल तामाङ
मान्छे उमेरको आधारमा निश्चित अवधिपछिको उमेर र अवधिलाई ज्येष्ठ नागरिकको रूपमा लिइने गरिन्छ । विश्वका विभिन्न मुलकले फरकफरक उमेर समूहलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषा गरेको पाईन्छ ।
नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन,२०६३ बमोजिम साठी वर्ष उमेर पूरा गरेका नेपाली नागरिकलाई ज्येष्ठ नागरिकका रूपमा परिभाषा गरेको छ । जीवनको लामो भोगाइमा विभिन्न उकाली र ओरालीको अवस्थामा विभिन्न काम तथा जिम्मेवारी निर्वाह गरी निश्चित उमेरपछि शारीरिक र मानसिक रूपमा कमजोर हुनको साथै सक्षमतामा कमी आउने र जीवन सक्रियताबाट निष्क्रियबन्दै जान्छ ।
आफनै परिवार, समाज, समुदाय र राष्ट्रबाट सहीरूपमामूल्याङ्कन र सोको सकारात्मक सम्बोधन हुन नसक्दा विभिन्न विकृतिका साथै ज्येष्ठ नागरिक अर्थात् बढु्यौली जीवन कष्टकर र निराशाजनक हुदँगएको छ । आर्थिक विपन्नता, परनिर्भरता, एक्लोपना, परिवारबाट सकारात्मक सहयोगको अभाव, एकल परिवारको कारण वद्धृ को स्याहार सुसारमाकमी, आफ्नै शरीर आफैलाई बोझिलो हुने जस्ता कारण ज्येष्ठ नागरिक विभिन्न समस्याबाट ग्रस्त रहेको पाइन्छ । तसर्थ ज्येष्ठ नागरिकको जीवनलाई सहज र सरल बनाउन राज्यको तर्फबाट उपयक्तु कानन, नीति र रणनीति अवलम्बन गरिनपुर्दछ भने उनीहरूको हकअधिकारका साथै जीवनलाई सहज बनाउन उपयक्तु कार्यक्रमहरू सञ्चालन गुर्नपर्ने हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४
सङ्घीय शासन प्रणाली अनरूप मुलुक तीन तहको सरकार निर्माण पश्चात् सरकार गठन भई कार्यान्वयनमा समेत रहेको छ । संविधानले संघ, प्रदेश र स्थानीयतहको कार्य जिम्मेवारी विभिन्न अनसुूचीमा उल्लेख भएको छ । ज्येष्ठ नागरिक सम्बन्धीकार्य तथा जिम्मेवारी अनसुूची ८ मा स्थानीयतहको अधिकारमा समावेश गरेको छ । राज्यले स्थानीय सरकार सञ्चालन ऐन समेत निर्माण गरी कार्यान्वयनमा रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनरूप जेष्ठ नागरिकका सम्बन्धमा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार निश्चित गरिएको छ । जस अनरूप संघ र प्रदश कानुनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन, ज्येष्ठ नागरिकको लगत अद्यावधिक, परिचयपत्र वितरण, ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन र ज्येष्ठ नागरिकको व्यवस्थापन सम्बन्धी अन्यकार्य गर्नेगरी कार्य जिम्मेवारी तोकिएको छ । यसरी स्थानीय तहबाट ज्येष्ठ नागरिकको विषयलाई सम्बोधन गर्दा ज्येष्ठ नागरिकले नजिकबाट सेवा पाउने अवस्था सिर्जना हुने अपेक्षा गरिएको थियो ।
तर स्थानीय सरकार आएको पाँचवर्ष पुग्दापनि ज्येष्ठ नागरिकका लागि विशेष खालका कार्याक्रम केहीपनि गरेको पाईदैन । ज्येष्ठ नागरिकको विषय अत्यन्तसंवेदनशील र महत्व भएपनि स्थानीयतहले अन्य क्षेत्रका विषयलाई जस्तो ज्येष्ठ नागरिकका विषयलाई उच्च प्राथमिकता दिन सकेको छैन । ज्येष्ठ नागरिकका विषयहरु अपेक्षा गरे अनुसार सम्बोधन हुन सकेको छैन । थारै भएपनि सामाजिक सुरक्षाको माध्यमबाट उनीहरूको जीवनसरल बनाउने प्रयास भने भएको छ । काभ्रेको १३ वटै पालिकाले जेष्ठ नागरिककै लागिभनेर बजेट बिनियोजन गरेको पाईदैन । एक मुष्ट रुपमा महिला बालबालिका, अपाङ्गता भएका ब्यक्ती र ज्येष्ठ नागरिकका लागि भनेर केही पालिकाले बजेट बिनियोजन गरेको पाईन्छ । त्यसै बाट ज्येष्ठ नागरिकका लागि गरिने भनेको दिवसीयकार्यक्रम मात्र हो । दिवसको दिन केही ज्येष्ठ नागरिकलाई सम्मान गरिन्छ या त एक÷दुई दिने स्वास्थ्यशिविर राखीन्छ । अधिकांश पालिकाले ज्येष्ठ नागरिकको नाममा गर्ने कार्यक्रम यी नै हुन् । अझ धेरै जसो पालिकाले यतिपनि गरेका छैनन् । जीवनमा सबैले बढु्यौली अवस्था भोग्नै पर्दछ । फरक यत्ति हो कि कसैको सामान्य हुन सक्दछ त कसैको अति जटिल र कठिन पनिहुन सक्दछ । ज्येष्ठ नागरिकको बाँकँी जीवन सरल र सहज बनाउन उनीहरूमा भएका ज्ञान, सीप र अनभुवलाई उपयोग गर्न सक्ने गरी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयन गरिन पर्दछ ।
यसका लागि उनीहरूको ज्ञान, सीप र अनभुवलाई अन्तरपुस्ता हस्तान्तरण गर्ने, हिंसा र दर्व्यवहारमा परेका जेष्ठ नागरिकको सरंक्षण, उपचार तथा मनोपरामर्श र सहजकानुनी साहायता उपलब्ध गराउन सकेमा उनीहरूको जीवन सरल हुन सक्दछ । ज्येष्ठ नागरिकलाई दैनीकजीवन सरलरूपमा व्यतीत गर्न दिवा सेवा केन्द्रको व्यवस्था, गैरसरकारी संस्था संग हातेमालो गरी ज्येष्ठ नागरिकको समस्यालाई समयमा नै उच्च प्राथमिकता दिई सम्बोधन गर्ने र उनीहरूलाई प्रदान गरिने सेवा तथा सुविधालाई उपयक्त मापदण्ड बनाई कार्यान्वयनमा ल्याउन सकेमा ज्येष्ठ नागरिकको जीवन सहज र सरलहुन सक्ने देखिन्छ । राज्यले ज्येष्ठ नागरिकका लागि उपयक्तु नीतिको निर्माण गरी सो नीतिको आधारमा विभिन्न रणनीति तथा कार्यक्रमहरूको निर्माण र कार्यान्वयन गर्नु पर्दछ ।
ज्येष्ठ नागरिकको लागि विभिन्न कार्यक्रम निर्माण र कार्यान्वयन गर्नका लागि तथ्याङ्कको आवश्यक पर्दछ । कुनउमेरकाकति ज्येष्ठ नागरिकको सङ्ख्या रहेका छन ? शारीरिक र मानसिकरूपले प्रभावित कति जनसङ्ख्या रहेका छन् त्यसको लेखाजोखा हुन आवश्यक छ । ज्येष्ठ नागरिकले राज्यकोतर्फबाट प्राप्तगर्ने सेवा र सुविधाहरु सहज रूपमा पाउनका लागि विभिन्न कार्यविधिको साथै ज्येष्ठ नागरिक परिचय पत्र उपलब्ध गराउदै आएको छ ।
यसलाई अझ प्रभावकारी र सरलीकरण गर्न समयानकुुल सुधार र संशोधन गर्नुपर्ने हुन्छ । सरकारले ज्येष्ठ नागरिलाइ उपलब्ध गराउने सेवा प्राप्त गर्न सहज हुनको साथै उनीहरूमा थप ऊर्जा प्राप्त हुनजान्छ ।
प्रतिक्रिया