२०८२, १ माघ बिहीबार

प्रदेश १ मा निर्वाचनको अन्तिम तयारी : सीमा नाका ‘शिल’ आवागमन बन्द

प्रदेश १ मा निर्वाचनको अन्तिम तयारी : सीमा नाका ‘शिल’ आवागमन बन्द


काठमाडौं २८ बैशाख यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश(१ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् ।

जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । प्रदेश(मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरुले मौन अवधि सुरु हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, र्‍याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार प्रसारका कार्यहरु नभएको भए पनि यतिखेर मुलुक निर्वाचनमय भएको छ ।

निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित तुल्याउन प्रमुख जिल्ला अधिकारीले आ(आफ्ना जिल्लाको भूगोल, जनसङख्या, मतदान केन्द्र र मतदानस्थलको वास्तविकतामा उभिएर सुरक्षा व्यवस्थापन मिलएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन ।

उनीहरुले सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढङ्गले अध्यायन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।

निर्वाचनको खटनमा नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका २३२, म्यादी प्रहरी एक हजार ८७ जना र कर्मचारी एक हजार ३० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले यस जिल्लामा ५८ स्थान संवेदनशील र ३५ स्थान अतिसंवेदनशील पहिचान गरी निर्वाचनमा सुरक्षाको उचित एवं मजबुत प्रबन्ध मिलाएकोले कुनै पनि अप्रिय घटना हुने सम्भावना न्यून रहेको बताए ।

मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि ३०० मतदानस्थल र ८२० मतदान केन्द्र कायम भएको छ । मोरङमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्रका ६८६, म्यादी तीन हजार १२४ गरी कुल १३ हजार ६७ जना राष्ट्रसेवक कर्मचारी परिचालन भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

उनले तीन घेरमा सुरक्षा निकाय परिचालन भएको, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाको टोली बस्ने भएकाले कुनै पनि घटना हुन नदिने बताए । यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । झापामा निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार ९००, सशस्त्र प्रहरीका ७५५, म्यादी प्रहरी दुई हजार ९१६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८०० खटिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सतर्कता पनि अपनाएको बताए । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदानस्थल र ५८१ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि यहाँ नेपाल प्रहरीका एक हजार १६६, सशस्त्र प्रहरीका ५१२, म्यादी प्रहरी दुई हजार ६८ र कर्मचारी दुई हजार ९०५ जना खटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनको अहिलेसम्मको स्थिति हेर्दा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । यसैगरी, उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।

यहाँ पनि केही स्थान संवेदनशील र अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनले निर्वाचनमा सबै सुरक्षाको चाँजोपाजो मिलाइएको बताए । यहाँ म्यादी प्रहरी एक हजार पाँच जना परिचालन भएका छन् । निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष एवं मितव्ययी बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले मतदानस्थल र मतदान केन्द्रको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अवलम्बन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर(१ का प्रमुख सीमा नाका ‘शिल’ गरिएको छ । नाका शिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलामका सीमा नाका गए राति नै शिल गरिएको हो । राति १२ बजेदेखि भारतसँग सीमाना जोडिएका इलामका नाकाबाट आउजाउ बन्द भएको छ । प्रशासनले जिल्लाभर मदिराको बिक्री(वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रबार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् ।

प्रशासनले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा भएको व्यवस्थाअनुसार जिल्लाका सबै क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री(वितरण तथा सेवनमा पूर्ण रोक लगाएको हो । निर्देशिका अनुसार मौन अवधिमा मादकपदार्थको बिक्री(वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यस्तै, विराटनगरको जोगबनी नाका पनि बिहानैदेखि बन्द गरिएको छ । भन्सार क्षेत्र भएर हुने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

मोरङको ६३ किलोमिटर नेपाल(भारत सीमा क्षेत्रमा २६ वटा नाका छन् । मोरङ र सुनसरीतर्फका साना नाकाहरू कुवाडी, मटेरुवा, गडेरिया, भेडियारी, भुटाहा, डुमरिया, खयरवाना, धनपति, मिर्चियाडांगी सोराभाग, चोप्राहा, भान्टाबारी नाकालगायत नाका पनि सिल गरिएको छ । साना नाकाबाट हुने मानिसको आउजाउ समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अवधिभर दुवै देशका नागरिक आउन(जान नपाइने बताए । विराटनगर भन्सार कार्यालय भएर दैनिक ३०० मालवाहक गाडी आउजाउ गर्ने गर्छन् । झापाको काँकडभिट्टासहित छोटी भन्सार कार्यालय र अरू नाकाहरू समेत शिल गरिएको छ ।

 

प्रकाशित मिति : २०७९, २८ बैशाख बुधबार  ३ : ०४ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता