२०८२, २४ कार्तिक सोमबार

स्थानीय तहको निर्वाचन अवधिभर जेठ १ गतेसम्म मदिरा निषेध

स्थानीय तहको निर्वाचन अवधिभर जेठ १ गतेसम्म मदिरा निषेध


बझाङ  २२ वैशाख  :  स्थानीय तहको निर्वाचन अवधिभर बझाङमा मदिरा निशेध गरिने भएको छ । निर्वाचन आचारसहिंता पालना गराउन र शान्ति सुरक्षालाई मध्यनजर अबको जिल्लाभर मदिरा निशेध गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको सरोकारवालाको बैठकले निर्वाचनका बेला हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न यही वैशाख २५ गतेदेखि जेठ १ गतेसम्म मदिरा पूर्णरुपमा निशेध गर्ने निर्णय गरेको हो । चुनावी प्रचारप्रसारका क्रममा मदिरा सेवन गरी सामाजिक सद्भाव खलबल्याउने तथा निर्वाचन आचार सहिंताको उल्लंघनका घटना बढ्ने भएकोले मदिरा बिक्री वितरण तथा ओसारपोसारमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।
साथै सरोकारवालाले चुनाव प्रचारका क्रममा दलहरूले आचार संहिताविरुद्धका कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन् ।
दलका सभा९सम्मेलनमा बालबालिकाको प्रयोग, सार्वजिनक ठाउँमा दलका झण्डालगायत उम्मेदवारका प्रचार सामग्री भेटिन थालेकाले निर्वाचन आचारसहिंता उल्लंघन नगर्न आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ४ : ३५ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य