२०८२, १० माघ शनिबार

कैलाली पुगेर कांग्रेसलाई ओलीको भने २३ सिटेले ढोडका लौरी बटुलेर सरकार बनायो

कैलाली पुगेर कांग्रेसलाई ओलीको भने २३ सिटेले ढोडका लौरी बटुलेर सरकार बनायो

पाँच दलीय गठबन्धन बाँडीचुँडी खान मात्रै बनेको हो


कैलाली २२ बैशाख : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन आफ्नो मान्छेको उद्धार गर्न र बाँडीचुँडी खान मात्रै बनेको आरोप लगाएका छन् ।

कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको गन्तव्य र उद्देश्य केहि नभएको बताए । ‘खाली सरकारमा पुग्ने, सरकारमा पुगेपछि आफ्ना मान्छेलाई उद्धार र व्यवस्थापन उद्धार गर्ने,’ ओलीले भने, ‘नातागोता आफन्तहरुको उद्धार गर्ने र बाँडीचुँडी खाने, त्यसका लागि मात्र अहिलेको यो गठबन्धन हो ।’

‘यो गठबन्धन जनताको आदेशबाट होइन, आज २७५ र १६५ भएको ठाउँमा नेपाली कांग्रेसले २३ सिट ल्याएको थियो,’ ओलीले भने, ‘२३ सिट ल्याएको कांग्रेसका अध्यक्षले अन्य ढोडका लौरी बटुलेर सरकार बनाएका छन् ।’ यो सरकार परमादेशी भएको भन्दै संविधान विपरीत भएको आरोप लगाए । ओली कैलाली र कञ्चनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका छन् ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ३ : १८ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई