२०८२, २८ चैत्र आईतबार

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान


काठमाडौं २ माघ :   नेपाली टोली लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो ।

मन्त्रालयको कर्मचारी सँगसँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा। नारायण खड्काले बताए । आइतबार विहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले औषधिजन्य सामग्रीसँगै, लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताए ।

उक्त सामग्री सरकारीबाट नभइ निजी व्यवसायिक क्षेत्रबाट उपलब्ध गराइको भन्दै मन्त्री खड्काले निजी क्षेत्रलाई धन्यवाद दिए । साथै, राहत ढुवानीका लागि निजी क्षेत्रकै हवाई हिमालयन एयरलाइन्सले निःशुल्क जहाज उपलब्ध गराएको समेत मन्त्री खड्काको भनाइ छ ।

आइतबार अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीलाई काबुल स्थित संयुक्त राष्ट्र संघको प्रतिनिधिले स्वागत गर्नेछ । सोही राष्ट्र संघको गाडीमा राहत सामग्री राखि वितरण गरिने मन्त्री खड्काले बताए । नेपालको इतिहासमा पहिलो पटक हवाइजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ९ : ०३ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण