२०८२, २४ मंसिर बुधबार

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज दिइँदै, क-कसले पाउँछन् ? (पत्रसहित)

आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज दिइँदै, क-कसले पाउँछन् ? (पत्रसहित)


काठमाडौं २ माघ : सरकारले आज  देखि अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिंदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अग्रपंक्तिमा खटिनेहरूलाई आज माघ २ गते र ६० वर्षभन्दा माथि उमेरका नागरिकलाई माघ १४ गते बुस्टर डोज खोप लगाउन सुरु गर्न लागिएको हो ।

यसका लागि मन्त्रालयले शुक्रबारै सबै प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र पठाई निर्देशन दिइसकेको छ ।
पहिला जुन कम्पनीको खोपको पूरा मात्रा लगाएको हो, बुस्टर डोज दिँदा पनि त्यही खोप दिन भनिएको छ । पूणर् मात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।

खोपको पूरा मात्रा लगाइसकेर पनि थप ९अतिरिक्त० खोप लगाउनुलाई बुस्टर डोज भनिन्छ । यसो गर्दा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने विज्ञहरूको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको पत्र

प्रकाशित मिति : २०७८, २ माघ आईतबार  ७ : ५५ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल