काठमाडौं १ माघ : अफगानिस्तानलाई सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जाने भएको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।
प्रतिक्रिया