२०८३, ७ कार्तिक शनिबार

नेपालमा एकै दिन ४,६३६ मा कोरोना संक्रमण, चार जनाको मृत्यु

नेपालमा एकै दिन ४,६३६ मा कोरोना संक्रमण, चार जनाको मृत्यु

११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा


काठमाडौं १ माघ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कूल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना पुगेको छ । कूल संक्रमितमध्ये २१ हजार ५८४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३५० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

उक्त अवधिमा चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । हाल १२६ जना क्वारेन्टाइनमा छन्। ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १ माघ शनिबार  ६ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना