२०८३, १० भाद्र बिहीबार

नेपालमा एकै दिन ४,६३६ मा कोरोना संक्रमण, चार जनाको मृत्यु

नेपालमा एकै दिन ४,६३६ मा कोरोना संक्रमण, चार जनाको मृत्यु

११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा


काठमाडौं १ माघ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कूल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ जना पुगेको छ । कूल संक्रमितमध्ये २१ हजार ५८४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३५० जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ ।

उक्त अवधिमा चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । हाल १२६ जना क्वारेन्टाइनमा छन्। ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १ माघ शनिबार  ६ : ४३ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा