२०८३, ५ भाद्र शनिबार

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न


काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक तथा बृहत छलफल कार्यक्रम २०७८ पुष २४ गते पर्सा र बारा जिल्लाको व्यवस्थापनमा विरगञ्जमा सम्पन्न भएको छ ।

केन्द्रीय अध्यक्ष तथा अधिवक्ता कमल प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले आफ्ना गतिविधि वेवसाइटमा अध्यावधिक गर्ने, मुकेश कुमार सिंहलाई केन्द्रीय महासचिव तथा विश्वनाथ भट्टराइलाई सचिवको जिम्मेवारी दिने, सम्मातनित सर्वोच्च अदातलको आदेश बमोजिमको क्भचखष्अभ ीबध कार्यान्वयनमा जोड दिँदै कर्मचारी तथा शिक्षकका विभिन्न संघ संगठन, महासंघसँग विद्यालय कर्मचारीका समस्या समाधानका लागि वार्ता,छलफल सहकार्य, कार्यगत एकताबाट पेशागत आन्दोलनलाई अगाडी बढाउन तथा नेपाल सरकारले ग्यारेण्टी गरेको कम्तिमा न्युनतम पारिश्रमिक प्राप्तीको लागि युनियनका संस्थापक अध्यक्ष श्री सुरेन्द्र प्रसाद कानुको संयोजकत्वमा समिति गठन गर्ने लगायतका निर्णय गरेको छ। साथै बैठकले शिक्षा विकास तथा समन्वय इकाइ मोरङले मिति २०७८।०९।१३ मा विद्यालय सहयोगी कर्मचारी सम्बन्धमा लेखेको पत्रको भर्त्सना गर्दै खण्डन गरेको छ ।

कार्यक्रमका अतिथि अधिवक्ता माधव प्रसाद पन्तले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट पारित कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेखित न्युनतम पारिश्रमिक दिन समेत देशभरका केही स्थानीय सरकारले आनाकानी गर्नु साह्रै दुखद भएको तथा यसका लागि विद्यालय कर्मचारी तथा बाल विकास शिक्षकहरुले बजेट वक्तव्य तथा कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेखित न्युनतम पारिश्रमिक समेत नपाएमा कानुनी उपचारमा लाग्न सकिने बताउनुभयो

प्रकाशित मिति : २०७८, २४ पुस शनिबार  १० : ४० बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही