२०८२, २६ पुस शनिबार

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न


काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक तथा बृहत छलफल कार्यक्रम २०७८ पुष २४ गते पर्सा र बारा जिल्लाको व्यवस्थापनमा विरगञ्जमा सम्पन्न भएको छ ।

केन्द्रीय अध्यक्ष तथा अधिवक्ता कमल प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले आफ्ना गतिविधि वेवसाइटमा अध्यावधिक गर्ने, मुकेश कुमार सिंहलाई केन्द्रीय महासचिव तथा विश्वनाथ भट्टराइलाई सचिवको जिम्मेवारी दिने, सम्मातनित सर्वोच्च अदातलको आदेश बमोजिमको क्भचखष्अभ ीबध कार्यान्वयनमा जोड दिँदै कर्मचारी तथा शिक्षकका विभिन्न संघ संगठन, महासंघसँग विद्यालय कर्मचारीका समस्या समाधानका लागि वार्ता,छलफल सहकार्य, कार्यगत एकताबाट पेशागत आन्दोलनलाई अगाडी बढाउन तथा नेपाल सरकारले ग्यारेण्टी गरेको कम्तिमा न्युनतम पारिश्रमिक प्राप्तीको लागि युनियनका संस्थापक अध्यक्ष श्री सुरेन्द्र प्रसाद कानुको संयोजकत्वमा समिति गठन गर्ने लगायतका निर्णय गरेको छ। साथै बैठकले शिक्षा विकास तथा समन्वय इकाइ मोरङले मिति २०७८।०९।१३ मा विद्यालय सहयोगी कर्मचारी सम्बन्धमा लेखेको पत्रको भर्त्सना गर्दै खण्डन गरेको छ ।

कार्यक्रमका अतिथि अधिवक्ता माधव प्रसाद पन्तले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट पारित कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेखित न्युनतम पारिश्रमिक दिन समेत देशभरका केही स्थानीय सरकारले आनाकानी गर्नु साह्रै दुखद भएको तथा यसका लागि विद्यालय कर्मचारी तथा बाल विकास शिक्षकहरुले बजेट वक्तव्य तथा कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेखित न्युनतम पारिश्रमिक समेत नपाएमा कानुनी उपचारमा लाग्न सकिने बताउनुभयो

प्रकाशित मिति : २०७८, २४ पुस शनिबार  १० : ४० बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,