२०८२, ४ फाल्गुन सोमबार

हामी एमाले नीति र नेतृत्व दुबैमा केन्द्रीकृत भएका छौँ

हामी एमाले नीति र नेतृत्व दुबैमा केन्द्रीकृत भएका छौँ


यूवा नेता, नेकपा एमाले, काभ्रे- कञ्चन अधिकारी 

० अब नेकपा एमाले काभ्रेको जिल्ला अधिवेशनको तयारी सकिएको हो ?
– हामीले १० औँ जिल्ला अधिवेशन भव्यताका साथ ऐतिहासिक रुपमा सम्पन्न गर्ने योजना बनाएका थियौँ । त्यहीअनुसार हाम्रो तयारी सकिसकेको छ । अब भोलिको जनप्रदर्शनको लागि सबै कमरेडहरु लागिरहनु भएको छ । हाम्रो पार्टीको सातौँ जिल्ला अधिवेशन पाँचखालमा भव्य रुपमा सम्पन्न भएको थियो त्योभन्दा पनि धेरै जनसहभागिता यो अधिवेशनमा हुनेछ । पाँचखालमा भएको अधिवेशन माओवादी जनयुद्धले गर्दा हाम्रो संगठन निर्माण परिचालन गर्न कठिन थियो । तर हामीले त्यो अधिवेशन पनि विशाल जनसहभागिताका साथ ऐतिहासिक र भव्य रुपमा सम्पन्न गरायौं । अहिले त्यो अवस्था छैन । सबै प्रतिगामी शक्तिहरु एक भएका छन् । हामी क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर यो १० औं जिल्ला अधिवेशन भव्य र सभ्य बनाउन लागिपरेका छौँ । यो अधिवेशनमा काभ्रेली जनताको व्यापक साथ र सहयोग रहेको छ । शुक्रबार ५० हजारभन्दा बढी काभ्रेलीलाई सहभागी गराएर पार्टीका अध्यक्ष राजनेता केपी ओलीले भव्य रुपमा उद्घाटन गर्दै हुनुहुन्छ । यसले काभ्रेमा अहिले पनि र भोलिका दिनमा पनि एमाले सबैभन्दा ठूलो र निर्विकल्प पार्टीको रुपमा स्थापित हुनेछ ।

० तपाईं जनपरिचालन उप–समितिको संयोजक परिचालन कसरी गर्ने तयारी गर्दै हुनुहुन्छ ?
— अधिवेशनलाई ऐतिहासिक रुपमा सम्पन्न गराउन मेरो नेतृत्वमा जनपरिचालन भइरहेको छ । अहिले काभ्रे जिल्लाको गाउँ नगरका सबै कमिटीहरुमा अधिवेशनको उद्घाटन समारोहमा सहभागीता जनाउन भेला बैठकहरु भइरहेका छन् । सबै जनसंगठनका नेता कार्यकर्ताहरु व्यापक रुपमा अधिबेशन सफल बनाउने काममा खटिएका छन् । अहिले गाउँवस्तीदेखि शहर बजारका सबै टोल एमालेमय बनेको छ ।

० कम्युनिष्ट पार्टीको अधिवेशन नीति र नेतृत्व दुवैमा केन्द्रीकृत हुनुपर्ने तर नेतृत्वका बारेमा मात्रै चर्चा चलेको देखिन्छ नि ?
— हैन हामी नीति र नेतृत्व दुबैमा केन्द्रीकृत भएका छौँ । हामी नेकपा एमालेका सिपाही हौं । माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद हाम्रो पार्टीको नीति, सिद्धान्त र विचार हो । हामी समाजवादको बाटोमा लामबद्ध भएका छौ । हाम्रो अभियान र लक्ष्य समाजवाद हो । यो अधिवेशनलाई तीन भागमा विभाजन गरेर हेर्नु पर्छ । विगतमा भएका कामको समीक्षा, नयाँ नेतृत्व, र भावी कार्यक्रम यी तीन कुरा हाम्रो यो अधिवेशनले फैसला गर्छ ।

० एमालेले विगतमा काभ्रे जिल्लामा सम्पादन गरेको विकास कार्यक्रमहरुको बारेमा पनि छलफल हुन्छ ?
— हामीले पार्टीले गरेका संगठानिक कामकोबारे समीक्षा र पार्टीका नेताको नेतृत्वमा सम्पन्न भएका कार्यक्रमबारे छलफल गर्छौं । पार्टीको अधिवेशनमा पनि विकासको विषयक छलफल हुन्छ र बिगतमा पनि हामीले कमरेड गोकुल बाँस्कोटा नेतृत्वमा यस्तै योजनासहित छैटौं अधिवेशन गरेका थियौँ, त्यसैको आधारमा आज हामी काभ्रेको विकास निर्माणका निमित्त लागेका छौँ । अब हामी थप योजनासहित आउने छ।

० अधिवेशनमा एमालेले गरेका कस्ता कामका बारेमा छलफल हुन्छ त ?
— नेकपा एमाले जनताको पार्टी हो । जनताको प्रिय नेता कमरेड गोकुल बाँस्कोटाले सवल र समृद्ध काभ्रे बनाउने खाका कोर्नु भएको थियो । त्यो सबै कामहरु अहिले भइरहेको छ । उहाँको नेतृत्वमा काभेका गाउँ–गाउँमा पक्की र कच्ची दुवै सडकहरु बनिरहेका छन् । पाँचखाललाई विशेष आर्थिक क्षेत्र बनाउने घोषणा गरिएको थियो । अहिले गोकुल कमरेड मन्त्री भएपछि ४० करोडभन्दा बढीको काम भएको छ । अब त्यहाँ उद्योगको व्यवस्थापनका लागि ओली नेतृत्वको सरकारले रकम व्यवस्थापन गरिसकेको छ । पाँचखाल मन्डन भकुण्डे लगायतका क्षेत्रमा खानेपानीको काम हुँदैछ । सबै सरकारी विद्यालयमा पक्की भवन निर्माण भएका छन् । स्वास्थ्य संस्था बनिसकेको छ । सुनकोसी परियोजना अगाडि बढेको छ । भक्तपुर–पाँचखाल सुरुङमार्ग निर्माणको काम पनि अगाडि बढेको छ । त्यसैले जनताले सुखदुःखको साथी कमरेड गोकुल बाँस्कोटा बन्नु भएको छ । एमालेको नेतृत्वमा मात्रै समृद्ध काभ्रे निर्माणको सपना पूरा हुन्छ । हामी काभ्रेलाई नमुना जिल्ला बनाउने विषयमा घनिभूत छलफलमा जुट्नेछौँ ।

० एमाले काभ्रेको अबको नयाँ नेतृत्व कस्तो बनाउने तयारी गर्दै हुनुुहुन्छ नि ?
— नेकपा एमाले काभ्रेको नेतृत्व सबै वर्ग, क्षेत्र र भूगोललाई समेटेर सशक्त, क्रियाशील, क्रान्तिकारी शक्तिको रुपमा आउने छ । त्यो अभियानमा हामी लागिरहेका छौँ ।

० अध्यक्ष चाहिँ को बन्छ नि ?
— एमालेको सिपाही नै काभ्रे एमालेको अध्यक्ष बन्छ ।

० तपाईंले पनि अध्यक्षको दाबी गर्नु भएको हैन र ?

– होईन , तर विचार, सिद्धान्त र एकताको अधिवेशन पनि भएको हुनाले हामीले जनावादी केन्द्रीयतालाई पनि ख्याल गर्नुपर्छ । एमाले असली रुपमा जनवादी केन्द्रीयताको अभ्यास गर्दै आइरहेको विशाल पार्टी हो । नेतृत्वको त्यो कुरा मान्न पनि म तयार छु । तर नेतृत्व हस्तान्तरणको पक्षमा रहेका धेरै प्रतिनिधिहरुको मनोविज्ञानलाई सम्वोधन गर्नु आजको आवश्यकता हो । अहिलेको अवस्थामा कठिन चुनौतीलाई सामना गर्न सक्ने, पार्टी कार्यकर्ता र नेता बीचमा एकता र सहकार्य गर्न सक्ने नेतत्वको कुरा गरेको हुँ । म अध्यक्ष हुने नहुने कुरा ठूलो होइन । एमालेलाई काभ्रेमा पहिलो पार्टी बनाउने योजना चाहिँ ठूलो कुरा हो ।

० त्यसो भए  तपाईले अध्यक्ष बन्ने चाहाना त्याग्नु भएको हो त ?
—  मलाई पनि अधिवेशनपछि तपाईंले नेतृत्व भित्रै देख्नुहुने छ ?

प्रकाशित मिति : २०७८, २३ पुस शुक्रबार  ९ : १२ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा