२०८२, २३ मंसिर मंगलबार

माओवादी नेतालाई कोभिड देखिएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

माओवादी नेतालाई कोभिड देखिएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

अधिवेशन सकिएलगतै माओवादी नेतामा कोरोना संक्रमण


काठमाडौं २२ पुस  । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत पाँच जनासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सीपबहादुर बस्नेतसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो । आफूसँग भेटघाटमा रहिरहने ६ जनामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक भेटघाट पनि रोकेका छन् ।

‘लेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अति जरुरी बाहेक सबै सेवा बन्द गरिएको छ’, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले नेपालखबरसँग भने, ’क्यान्टिन पनि पूणर्रुपमा बन्द गरिएको छ । सुरक्षा र स्वास्थ्य सावधानी अपनाउन अध्यक्षसँगको प्रत्यक्ष भेटघाट पनि रोकिएको छ ।’

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरूको समेत सुझावलाई मध्यनजर गर्दै तीन दिनयता भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, सचिवालयले भनेको छ, ‘यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं ।’ प्रचण्डले अब कतिपय संवाद, भेटघाट, बैठक र छलफललाई प्रविधिमार्फत अघि बढाउने भएका छन् ।

प्रकाशित मिति : २०७८, २२ पुस बिहीबार  ६ : ४६ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल