२०८२, २१ कार्तिक बिहीबार

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक, बलियो बन्दै देउवा

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक, बलियो बन्दै देउवा

झन् झन् बलियो बन्दै देउवा


काठमाडौं, २० मंसिर :  नेपाली कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भएका छन् ।
सभापतिमा थापाले ८४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन् । वागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९२७ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

प्रदेश–२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।

प्रकाशित मिति : २०७८, २० मंसिर सोमबार  १० : २८ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर