२०८२, २४ मंसिर बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना निको भएर घरफर्किए

नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि, ६६४ जना निको भएर घरफर्किए


काठमाडौँ, ११ कात्तिक : नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८४८ र एन्टिजेन विधिबाट २ हजार ५०७ एन्टिजेन परीक्षण गरिएकोमा ५९१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ५ हजार ७७६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६६४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८९ हजार ७८९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेको छ ।

हालसम्म ७० लाख बढी जनसंख्याले डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ११ कार्तिक बिहीबार  ८ : ५४ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल