२०८२, २८ चैत्र आईतबार

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा : बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा : बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो


बैतडी, ११ कात्तिक :   बैतडीमा महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । बैतडी प्रहरीका अनुसार बुधबार साँझ डुंगा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको हो भने सोही स्थानका ८ वर्षीय सन्दीप साउद महाकाली नदीमा बेपत्ता भएका हुन् ।

बैतडी जिल्ला प्रहरीका कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार १० जना चढेको डुंगा शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा बुधबार साँझ दुर्घटनामा परेको हो ।

त्यस क्रममा बेपत्ता भएका मीना र सन्दीपमध्ये आज बिहान ७ः३० बजे मीनाको शव महाकाली नदी किनारमा फेला परेको हो । सन्दीपको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७८, ११ कार्तिक बिहीबार  १० : ४१ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण