२०८३, १६ जेष्ठ आईतबार

मलेसियामा रोजगारी खुल्यो, यस्ता छन् नयाँ नियम

मलेसियामा रोजगारी खुल्यो, यस्ता छन् नयाँ नियम


काठमाडौं, १० कात्तिक : कोरोना भाइरस महामारी शुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ । मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले विदेशबाट श्रमिक ल्याउन इच्छुक जो रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने बताए ।

उनले भने, ‘यो खर्चमा लेबी भुक्तानी र क्वारेन्टाइनको खर्च समेत जोडिएको छ ।’ काठमाडौंस्थित मलेसियाली दूतावासले पनि नेपाली श्रमिक लैजाने बाटो खुलाइएको जानकारी दिएको छ । कोरोना महामारी शुरु भएपछि मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान बन्द गरेको थियो ।

अहिलेको नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिक सरकारी अनुमति प्राप्त क्वारेन्टिनमा ७ दिन बस्नु पर्नेछ । यस्तै क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै श्रमिकले प्रवेश गर्न पाउने छन् ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ८ : ३९ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण