२०८२, २८ चैत्र आईतबार

वागमती प्रदेशमा भोलि ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान

वागमती प्रदेशमा भोलि ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान


हेटौंडा, १० कात्तिक :  वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

शर्माले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि कात्तिक ११ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेको प्रवक्ता कृष्ण आचार्यले जानकारी दिएका छन् ।

वागमतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी र जसपाले आन्तरिक तयारी गरिसकेका छन् । उनीहरु बुधबार साँझ नै केही बेरमा दावी पेश गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जानेछन् ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ८ : २६ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण