२०८२, २२ जेष्ठ बिहीबार

चार वर्षअघि वडाध्यक्षमा पराजित राय पुनः मत गणनामा दुई भोटले विजयी

चार वर्षअघि वडाध्यक्षमा पराजित राय पुनः मत गणनामा दुई भोटले विजयी

रायले २६८ मत ल्याउँदा चौधरी २६६ मत


महोत्तरी, ७ कात्तिक  महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मत गणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्षका लागि भएको मत गणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।

यसअघि नेपाली कांग्रेसबाट अरुणकुमार चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । त्यसपछि अदालतको फैसलामा भएको पुनः मत गणनामा राय दुई मतको झिनो मतान्तरले चार वर्षपछि निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार रायले २६८ मत ल्याउँदा चौधरी २६६ मत मात्रै ल्याए ।

०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो । जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका राय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । तर उच्च अदालतको आदेशपछि पनि अरुण कुमार चौधरी सर्वोच्चसम्म पुगे । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको फैसलालाई सदर गरेको थियो ।

प्रकाशित मिति : २०७८, ७ कार्तिक आईतबार  ९ : ३० बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक