कालिकोट, २ कातिक : कालिकोटमा पहिरोले घर पुरिँदा एक किशोरीको ज्यान गएको छ । कालिकोटको महावै गाउँपालिका–७ राम्नेमा पहिरोले घर पुरिँदा १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राति घरभित्र सुतिरहेको बेला खसेको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया