२०८२, २७ श्रावण मंगलबार

बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २ कातिक :  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरोले क्षति पुर्‍याएको भन्दै क्षतिको ‘ब्रिफिङ’ गर्न गृहमन्त्री खाँण मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

प्रधानमन्त्री देउवाले जिल्ला प्रशासनमार्फत उद्धारका काम तीव्र बनाउन, आवश्यक परेका ठाउँमा थप सुरक्षा टोली पठाउन र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । जवाफमा गृहमन्त्री खाँणले बाढी प्रभावित जिल्लामा आफूले टेलिफोनमार्फत जानकारी लिएको र आवश्यक निर्देशन पनि दिइसकेको बताएका थिए । उक्त भेटपछि प्रधानमन्त्रीले ट्वीट गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशसहितका विभिन्न जिल्लामा तत्काल उद्धार र राहतको काम अघि बढाउन आफूले निर्देशन दिएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

‘सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेखेका छन् ।

प्रकाशित मिति : २०७८, २ कार्तिक मंगलबार  १२ : ४० बजे

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३