२०८२, ४ फाल्गुन सोमबार

नेकपा माओवादी केन्द्रको सबै तहको सम्मेलन कार्यतालिका परिवर्तन

नेकपा माओवादी केन्द्रको सबै तहको सम्मेलन कार्यतालिका परिवर्तन


काठमाडौं, २ कातिक :   सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका परिवर्तन गरेको छ । आज  बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको छ,’ बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ’त्यस्तै, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका (गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका ) सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी समय थपिएको छ ।’

माओवादीले राष्ट्रिय सम्मेलन भने निर्धारित समयमै गर्ने भएको छ । प्रवक्ता महराले राष्ट्रिय सम्मेलनको मिति यथावत् रहेको बताए । माओवादीले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गतेका लागि तय गरेको छ ।

त्यस्तै, माओवादीले १४९ जनाको सल्लाहकार समिति, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको महराले जानकारी दिए ।

प्रकाशित मिति : २०७८, २ कार्तिक मंगलबार  १२ : ३० बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा