२०८२, २४ कार्तिक आईतबार

नमोबुद्धमा छोरी जन्माउने आमालाई नगद सहित सम्मान

नमोबुद्धमा छोरी जन्माउने आमालाई नगद सहित सम्मान


धुलिखेल २० असोज  :  काभ्रेको नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरिएको छ । वडा नम्बर ९ ले दाप्चा स्वास्थ्य चौकी मार्फत सुत्केरी भएका तथा छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । छोरी जन्माएवापत वडाबाट प्रदान गरिने ५ हजार रुपैयाँ, स्वास्थ्य संस्थामा सुत्केरी भएवापतको दुई हजार रुपैयाँ, एम्बुलेन्स खर्चवापत १८ सय रुपैयाँ, अन्य स्वास्थ्य संस्थामा रिफर भएर जानेलाई थप २ हजार रुपैयाँ र चारपटक गर्भ जाँच गराएवापतको ८ सय रुपैयाँ एकमुष्ट रुपमा प्रदान गरिएको हो ।

यही साउन १ गतेदेखि असोज १४ गतेसम्मको अवधीमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ जना आमालाई नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगद प्रदान गर्नुभएको हो ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ६ : ४० बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको