धुलिखेल २० असोज : काभ्रेमा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट १६ जनालाई र एन्टीजेन विधिबाट परिक्षण गराउदा ३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सहित जिल्ल्लामा सकृय संक्रमितको संख्या ९४ जना पुगेकोे छ भने हालसम्म १४ हजार ६ सय ४१ जनालाई संक्रमण भईसकेको छ ।
यस्तै संक्रमित मध्ये उपचार पछि १० जना डिस्चार्ज भएसंगै जिल्लामासंक्रमण मुक्त हुनेको संख्या १४ हजार ३ सय ५५ जना पुगेको कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा कोरोना भाईरस बिरुद्धको पहिलो मात्रा खोप एक लाख ८० हजार ४९ जनाले लगाएका छन् भने पुर्ण मात्रा खोप हालसम्म एक लाख ४४ हजार २ सय ७३ जनाले लगाईसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।
प्रतिक्रिया