२०८२, २२ चैत्र सोमबार

कांग्रेसको अधिवेशनमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप : एक प्रहरी घाइते

कांग्रेसको अधिवेशनमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप : एक प्रहरी घाइते

मत गणना अनिश्चित


बाजुरा, २० असोज :  नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ ।

जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले हिजो मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था सामान्य छ ।

वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजै राति ११ बजेबाट मत गणना गर्ने तयारी गरिएकोमा झडपपछि मत गणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए । कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ । रासस

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ८ : ३३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर