२०८३, १२ आश्विन मंगलबार

कपिलवस्तुमा झाडापखालाको प्रकोप : दुईको मृत्यु, सयौं बिरामी

कपिलवस्तुमा झाडापखालाको प्रकोप : दुईको मृत्यु, सयौं बिरामी


कपिलवस्तु, २० असोज :  कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा दशैंको मुखमा फैलिएको झाडापखालाले सयौं बिरामी परेका छन् । वडा ७, ८ र ९ मा गरी दुई सय बढी बिरामी परेका छन् ।

बहादुरगञ्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।

बिरामीको उपचारका लागि बेड अभाव भएको छ । अहिले कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई(तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा। चौधरीले जानकारी दिए । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।

झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

झाडापखालाका कारण कृष्णनगर–९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर–८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ । उनीहरूको घरमै ज्यान गएको सूचना आएको शिवराज अस्पतालका डा। मुकेश चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ८ : ०६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय