२०८२, ४ फाल्गुन सोमबार

मन्त्रिमण्डल भागवण्डामा प्रधानन्यायाधीश बारे छानबिन गर्न पूर्व सांसद मञ्च नेपाल माग

मन्त्रिमण्डल भागवण्डामा प्रधानन्यायाधीश बारे छानबिन गर्न पूर्व सांसद मञ्च नेपाल माग


काठमाडौं, १९ असोज  :  पूर्व सांसद मञ्च नेपालले ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशलाई पनि कोटा भन्ने’ सार्वजनिक भएको विषयको सत्यतथ्य छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएको उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ’संसदीय शासन प्रणालीको मूल सिद्धान्त शक्ति पृथकीकरणको मर्म नै समाप्त हुने अवाञ्छित गतिविधिका समाचार प्रकाशन भएकोमा सत्य(तथ्य छानबिन हुनका लागि स्वतन्त्र नागरिकको एक शतिmशाली छानबिन आयोग तत्काल गठन गर्न संसद्ले पहल गर्नुपर्दछ भन्ने यस मञ्चको धारणा रहेको छ ।’

भागबण्डामा संवैधानिक नियुक्ति हुनु संसदीय शासन पद्धतिको मर्यादाविपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ’जनताको अन्तिम भरोसा र आस्थाको केन्द्र स्वतन्त्र र निष्पक्ष न्यायालयका सर्वोच्च न्यायमूर्ति समेतको मन्त्रालयको भागबन्डामा संलग्नता रहेको समाचार सार्वजनिक हुनुले न्यायालयको निष्पक्षता मात्र होइन, संविधान नै समाप्त हुनेतर्फ संकेत गर्दछ ।’

 

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ८ : ३१ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा