२०८३, १० भाद्र बिहीबार

मण्डनदेउपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास

मण्डनदेउपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास

२ करोड, ८२ लाख, ६५ हजार, १२१ रूपैयाँ लागतमा निर्माण हुने


धुलिखेल १९ असोज  : काभ्रेको मण्डनदेउपुरमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ ।
नगरपालिकाको वडा नम्बर १० चण्डेनीमण्डनमा स्वास्थ्य चौकी निमार्ण हुने भएको छ । भवनको शिलन्यास स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आज चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनकोगर्नुभएको हो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने स्वास्थ्य चौकी भवन २ करोड, ८२ लाख, ६५ हजार, १२१ रूपैयाँ लागतमा निर्माण हुने वडाध्यक्ष बिष्णुमणि नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार स्वास्थ्य चौकी भवन निर्माणको कार्य २०७९ असारसम्म सम्पन्न हुने छ ।

स्वास्थ्य चौकीको पहिलेको भवन २०७२ साल बैशाख १२ गतेको भुकम्प र त्यस यताको पराकम्पले क्षति ग्रस्त बनेको थियो । २०७२ को भुकम्पले क्षतिग्रस्त स्वास्थ्य चौकीमध्ये ११ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य चौकी भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ७ : २८ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट