२०८२, १९ मंसिर शुक्रबार

काभ्रेको पहिलो सामुदायिक रेडियो नमोबुद्ध १६ औं वर्षमा प्रबेश  

काभ्रेको पहिलो सामुदायिक रेडियो नमोबुद्ध १६ औं वर्षमा प्रबेश  


धुलिखेल १२ असोज  :   काभ्रे लगायत आसपाका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियो सेवा, रेडियो  नमोबुद्ध एफ एम १०६।७ मेगाहर्ज आजबाट १६ औं बर्षमा प्रबेश गरेको छ । रेडियोले आज वार्षिक उत्सवको अबसर पारेर धुलिखेलमा छलफल कार्यक्रम आयोजना गरेको थियो । छलफल कार्यक्रममा रेडियो नामोबुद्धका संस्थापक अध्यक्ष एवं नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले काभे्रको आर्थिक, साँस्कृतिक, सामाजिक र राजनीतिक परिवर्तनमा  सामुदायिक रेडियो नमोबुद्धले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।

यसैगरी रेडियोका निवर्तमान अध्यक्ष जगतमान दोङले सामुदायिक रेडियोले पछाडी परेका समुदायको हक हित र अधिकारका लागि  शसक्त आवज उठाउदै आईरहेको बताउनुभयो ।  शान्त समृद्ध र समाबेशी नेपालको बेग्लै आवाज भन्ने मुल नाराका साथ २०६३ साल देखि शुरु गरिएको रेडियोले समाज रुपान्तरको लागि महत्वपूर्ण योगदान दिएको रेडियोका स्टेशन मेनेजर हिरामान लामाले बताउनु भयो ।

 

प्रकाशित मिति : २०७८, १२ आश्विन मंगलबार  ७ : ५० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको