२०८२, १६ चैत्र मंगलबार

पछिल्लो २४ घण्टामा थप १,४७६ जनामा कोरोना संक्रमण, १,५५० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १,४७६ जनामा कोरोना संक्रमण, १,५५० संक्रमणमुक्त

१० वर्ष मुनिका ३४ बालबालिकामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ८ असोज  : पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ भने ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् । जसमध्ये १८ हजार ९६९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३४७ जना आईसीयू र १०५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

प्रकाशित मिति : २०७८, ८ आश्विन शुक्रबार  ७ : ५५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा