२०८३, १५ असार मंगलबार

१४ सांसदलाई कारबाही नभएसम्म संसद चल्दैन : सुवास नेम्वाङ

१४ सांसदलाई कारबाही नभएसम्म संसद चल्दैन : सुवास नेम्वाङ


काठमाडौं, २७ भदौं  :  प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएका छन् ।

आइतबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यथास्थितिमा आफूहरूले संसद् बैठक चल्न नदिने चेतावनी दिएका हुन् । एमालेका तत्कालीन माधवकुमार नेपालसहितका १४ जना सांसदमाथि कारबाही गरिएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले जारी नगरेसम्म बैठक चल्न नदिने नेम्वाङले बताए ।

एमालेले आफ्ना सांसदमाथि कारबाही गरिएको पत्र पठाउँदा १३ दिनसम्म सभामुख सापकोटाले सूचना जारी नगरेको भन्दै उनले सभामुखले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग गरे । ‘एमालेको बैठक आफ्ना १४ जना सांसदमाथि कारबाही गरेर संसद् सचिवालयलाई जानकारी गराउँदा सभामुखले १३ दिनसम्म सूचना प्रकाशित गर्नु भएन’, नेम्वाङले भने, ‘निर्वाचन आयोगले दलको मान्यता दिएपछि सभामुखले अब आफूले केही गरिरहनु परेन भनेर कानुनी जिम्मेवारी पूरा गर्नुभएन । हामीले कानुनले तोकेको आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको हो ।’

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले गत बुधबार, शुक्रबार र आइतबारको बैठकमा नाराबाजी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ०४ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण