२०८२, १० माघ शनिबार

१४ सांसदलाई कारबाही नभएसम्म संसद चल्दैन : सुवास नेम्वाङ

१४ सांसदलाई कारबाही नभएसम्म संसद चल्दैन : सुवास नेम्वाङ


काठमाडौं, २७ भदौं  :  प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएका छन् ।

आइतबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यथास्थितिमा आफूहरूले संसद् बैठक चल्न नदिने चेतावनी दिएका हुन् । एमालेका तत्कालीन माधवकुमार नेपालसहितका १४ जना सांसदमाथि कारबाही गरिएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले जारी नगरेसम्म बैठक चल्न नदिने नेम्वाङले बताए ।

एमालेले आफ्ना सांसदमाथि कारबाही गरिएको पत्र पठाउँदा १३ दिनसम्म सभामुख सापकोटाले सूचना जारी नगरेको भन्दै उनले सभामुखले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग गरे । ‘एमालेको बैठक आफ्ना १४ जना सांसदमाथि कारबाही गरेर संसद् सचिवालयलाई जानकारी गराउँदा सभामुखले १३ दिनसम्म सूचना प्रकाशित गर्नु भएन’, नेम्वाङले भने, ‘निर्वाचन आयोगले दलको मान्यता दिएपछि सभामुखले अब आफूले केही गरिरहनु परेन भनेर कानुनी जिम्मेवारी पूरा गर्नुभएन । हामीले कानुनले तोकेको आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको हो ।’

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले गत बुधबार, शुक्रबार र आइतबारको बैठकमा नाराबाजी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ०४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई