२०८२, १ पुस मंगलबार

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार : काभ्रेका चन्द्र लामा सहित ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार : काभ्रेका चन्द्र लामा सहित ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

चन्द्र लामा , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री


हेटौंडा, २३ भदौं सरकार गठन भएको २१ दिनपछि बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् ।

नव नियुक्त मन्त्रीहरूमा चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी, अजय क्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्रालय, प्रदीपकुमार कटुवाल स्वास्थ्य, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।

यस्तै नव नियुक्त राज्यमन्त्री हरुमा जुनेलीमाया श्रेष्ठ स्वास्थ्य मन्त्रालय, जीवन खड्का भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

प्रकाशित मिति : २०७८, २३ भाद्र बुधबार  ५ : २९ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई