२०८३, २० आश्विन बुधबार

सरकारको मास्क अभियान : प्राकृतिक स्रोत द्धन्द रुपान्तरणको सहयोग

सरकारको मास्क अभियान : प्राकृतिक स्रोत द्धन्द रुपान्तरणको सहयोग


धुलिखले २७ साउन  :  नेपाल सरकारको मास्क अभियान कार्यक्रमलाई प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले मास्क हस्तान्तरण गरी सहयोग गरेको छ । काभ्रेको धुलिखेल बसपार्कबाट शुरु भएकोे मास्क खोई अभियानका लागि दुईहजार प्रति मास्क प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, र प्रहरी प्रमुख भुपेन्द्र खत्रीलाई संस्थाका क्षेत्रिय संयोजक रीता मानन्धरले साउन २६ गते हस्तान्तरण गर्नुभएको थियाे ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले संचालन गरेको मास्क अभियानलाई संस्थाले मास्क दिएर सहयोग गरेकोमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमरा झाले संस्थालाई धन्यवाद दिनु भयो । कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण आएकाले संक्रमणबाट जोगिन घरबाट निस्कनु अघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन प्रमुख डाक्टर झाले सबै नागरिकलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लनामा भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागूगर्न जिल्लाका सबै राजनीतिक दल, सहकारी,बैक, गैरसरकारी संस्था र निजी क्षेत्रलाई आग्रह गर्नुभयो । आवश्यक परेको बेला बाहिर निस्कदा मास्कको सही प्रयोग गरे सङ्क्रमण नहुने भएकाले मास्कको सही रुपमा प्रयोग गर्न नागरिकलाई जनचेतना जगाउने उदेश्यले यो अभियान संचालन गरेको प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताउनु भयो ।

जिल्ला कारागारमा मास्क वितरण

प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले जिल्ला कारागरमा २०७८ साल साउन २७ गते मास्क वितारण गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले संचालन गरेर्को मास्क खोई’ अभियानलाई सहयोग गर्ने उदेश्यले एक हजार प्रति मास्क वितरण गरेको हो ।
माक्स वितरण कार्यक्रममा कारागार प्रमुख गायित्रीप्रसाद अधिकारीले सरकारले संचालन गरेकाे  मास्क खोइ’ अभियान लिएर जिल्ला कारगारलाई मास्क वितरण गर्न सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनु भयो । जिल्ला कारागारमा थुनुवा एक सय पाँच र कैदीबन्दी एक सय सत्ताई गरी २ सय ३२ जनालाई रहेका छन् ।
कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालका क्षेत्रिय संयोजक रीता मानान्धरले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न संस्थाले जिल्लाका स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री बितरण गरिदै आईरहेको बताउनु भयो ।

 

 

प्रकाशित मिति : २०७८, २७ श्रावण बुधबार  ७ : ५८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको