२०८३, २२ आश्विन शुक्रबार

मन्त्रिपरिषद वैठक : कर्मचारीको बढेको तलबमान स्वीकृत

मन्त्रिपरिषद वैठक : कर्मचारीको बढेको तलबमान स्वीकृत


काठमाडौं, २५ साउन :  सरकारले सबै तहका कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ । आज  बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरी परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषदका निर्णय
हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषदमा प्रशासन समितिमा पठाइने भएको छ ।
सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने । विशेष आर्थिक क्षेत्र पहिलो नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाउने । माथिल्लो त्रिशुली जलविद्युत आयोजना जग्गा प्राप्तिका गर्ने र प्रारम्भिक आयाृजना चलाउन सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई अधिकारी तोक्ने ।

परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल, तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीको बढुवा नियुक्ति दिई परराष्ट्र सेवा अन्तर्गत पदस्थापन गर्ने । सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ संशोधन मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने । नेपाल कृषि तथा बन सेवा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिस अनुसार साउन २४ को सिफारिस अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने ।

प्रकाशित मिति : २०७८, २५ श्रावण सोमबार  १० : ०१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य