२०८२, २० असार शुक्रबार

३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १७२२ जना निको हुँदा १९ जनाको मृत्यु

३२१८ जनामा कोरोना संक्रमण पुष्टि, १७२२ जना निको हुँदा १९ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना


काठमाडौं, २३ साउन :   नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ८ हजार ६६ जनाको आरटी–पीसीआर गर्दा २२३१ जना र ४ हजार ७०७ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ जना गरी आज ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ३८ जना पुगेको छ ।

अघिल्लो दिन २५ जना संक्रमितले ज्यान गुमाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ६ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ७४ हजार ७०१ जनाको स्वाब ९नमूना० परीक्षण गरिएको छ भने अहिले ३५ हजार ४३२ जना आइसोलेसन र ४४३ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : २०७८, २३ श्रावण शनिबार  ९ : १२ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक