२०८२, १० माघ शनिबार

माधव नेपाल पक्षको वैठक स् चार प्रस्ताव पारित

माधव नेपाल पक्षको वैठक स् चार प्रस्ताव पारित


काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चार वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागतसहित चार वटा निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

बैठकले पारित गरेको ४ प्रस्ताव

१० सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलाको स्वागत ।

२० पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौं प्रकारको टिप्पणी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । यसप्रति यो बैठक दुःख व्यक्त गर्दछ । यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनु हुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवेदनशील र जिम्मेवार हुनु आवश्यक छ ।

३० पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरण, अभिलेखन र पुनर्गठन र सम्मेलन गर्ने जस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।

४० अहिलेसम्म भएका १० बुँदे सहमतिलगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेका छन् । १० बुँदे लगायतका सहमतिहरूलाई कार्यान्वयन गर्दै एकताका थप आधार तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

प्रकाशित मिति : २०७८, २२ श्रावण शुक्रबार  ८ : ०७ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई