२०८२, २२ चैत्र सोमबार

माधव नेपाल पक्षको वैठक स् चार प्रस्ताव पारित

माधव नेपाल पक्षको वैठक स् चार प्रस्ताव पारित


काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चार वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागतसहित चार वटा निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

बैठकले पारित गरेको ४ प्रस्ताव

१० सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलाको स्वागत ।

२० पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौं प्रकारको टिप्पणी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । यसप्रति यो बैठक दुःख व्यक्त गर्दछ । यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनु हुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवेदनशील र जिम्मेवार हुनु आवश्यक छ ।

३० पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरण, अभिलेखन र पुनर्गठन र सम्मेलन गर्ने जस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।

४० अहिलेसम्म भएका १० बुँदे सहमतिलगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेका छन् । १० बुँदे लगायतका सहमतिहरूलाई कार्यान्वयन गर्दै एकताका थप आधार तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

प्रकाशित मिति : २०७८, २२ श्रावण शुक्रबार  ८ : ०७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर