२०८२, २० असार शुक्रबार

पछिल्लो २४ घन्टामा ३,७२९ कोरोना संक्रमित, १,८८५ जना निको, २५ को मृत्यु

पछिल्लो २४ घन्टामा ३,७२९ कोरोना संक्रमित, १,८८५ जना निको, २५ को मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९


काठमाडौं, २२ साउन :  पछिल्लो २४ घन्टामा १५ हजार ६७५ नमूना परीक्षण गराउँदा ३,७२९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ९,४९३ नमूनाको पीसीआर र ६,१८२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २,४३० नमूनाको पीसीआरबाट र १,२९९ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,८८५ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर ३५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८, २२ श्रावण शुक्रबार  ७ : ५६ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक