धलिखेल १५ साउन : एनएसडब्लु प्रदेश सहसचिवमा युवा उद्यमी राकेश जोशीले उमेदवारी दिएपछि जोशीको चर्चा चुलिएको छ । सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आएको जोशीको उमेदवारीले देश विदेशमा चर्चा चुलिएको हो । जोसीले महाविनासकारी भूकम्प, कोभिडको महामारी र बाढी पहिरो पीडितहरुलाई सहयोग वितरण गर्दै आएका थिए ।
जोसी स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन । अष्ट्रेलियामा अन्य मुलुकबाट अध्ययनका लागि आएको विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य लगायतमा काम गर्दै आईरहेको छ । जोसीको उमेदवारीले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने विश्वास रहेको छ ।
भोली शनिबार अर्थात् ३१ जुलाइमा हुने चुनवमा कोभिड १९ कोरोना भाईरसका कारण अनलाईनबाट हुने जनाएको छ । चुनावमा जोशीको जित शुनिश्चत हुने उनका समर्थकहरुले बताएका छन् ।
प्रतिक्रिया