२०८२, १० माघ शनिबार

डाक्टर केसीको गुनासो : पाँच पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन

डाक्टर केसीको गुनासो : पाँच पटकसम्म प्रधानमन्त्री हुँदा पनि देउवाको बुद्धि पलाएन


काठमाडौँ, १४ साउन :  चिकित्सा शिक्षाको क्षेत्रमा आमूल परिवर्तनका लागि भन्दै विभिन्न माग राखेर कयौं पटक अनशन बसेर चर्चा कमाएका डा। गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको अझै बुद्धि नपलाएको टिप्पणी गरेका छन् ।

देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर, देउवाको सुरुकै कामले आफू निराश भएको बताउँदै उनले सो टिप्पणी गरेका हुन् । एक कार्यक्रममा बोल्दै उनले देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि ‘बुद्धि नपलाएको’ भन्दै व्यङ्ग्यसम्म गरेका छन् ।

‘देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन कि जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्‘ बुद्धि भएको पलाउनु,’ डा। केसीले व्यङ्ग्य गर्दै भने । देउवा नेतृत्वको सवर्तमान रकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि डा। केसीले आक्रोश व्यक्त गर्दै आएका छन् ।

त्यसो त डा। केसीले केही दिनअगाडि श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए । उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको पत्रमा उल्लेख गरेका
छन् ।

डा। केसीका अलावा अन्य व्यक्तिहरूबाट पनि श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकामा असन्तुष्टि र आलोचनाहरू आइरहेका छन् । उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।

प्रकाशित मिति : २०७८, १४ श्रावण बिहीबार  ८ : ०७ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई